Comments Add Comment

म्यानचेष्टरका मेयरले भने–बेलायतीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन दिन्छौं

२० जेठ,लण्डन । गणतन्त्र दिवसको अवसरमा बेलायतस्थित नेपाली दूतावासले भ्रमण वर्ष २०२० लाई लक्षित गरी म्यानचेष्टर शहरमा नेपाली संस्कृति तथा कला प्रदर्शनसहित विशेष समारोह आयोजना गरेको छ । नेपालको पर्यटन र संस्कृति प्रबर्द्धन गर्न म्यानचेष्टर सिटीमा दुवै देशका अधिकारीहरु सहमभागी भएका थिए ।

नेपाली दूतावास आयोजक रहेको गणतन्त्र दिवस तथा विशेष समारोहमा म्यानचेष्टर सिटीका लर्ड मेयर अवित लतिफ चोहानले नेपाल र बेलायबीच २०३ वर्ष भन्दा पूरानो स्म्बन्ध रहेको भन्दै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन बेलायती नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्ने बताए ।

दुई देशबीच नागरिकस्तरको सम्बन्धले कला संस्कृति प्रबर्द्धनमा सहयोग पुग्ने भन्दै उनले नेपालसँग पर्यटन,ब्यापार,लगानी र सहयोगका क्षेत्रहरुमा सहकार्य गर्न आफूहरु तयार रहेको मेयरले बताए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले नेपाल राजनतिक स्थायित्वतर्फ अघि बढेको भन्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन बेलायती नागरिक र गैरआवासीय नेपालीहरुलाई आफ्ना परिवार सहित नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

सरकार सम्बृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्नका लागि कानुनी र संरचनागत सुधारमा लागेको भन्दै राजदूतले नेपालमा लगानी र ब्यापार गर्न उपयुक्त समय रहेको बताए ।

सो अवसरमा दुर्राम विश्वविद्यालयका प्राध्यपक डा.म्यानुअल मार्कले बृहत लुम्बिनी सम्पदाको विकास र पर्यटन तथा तीर्थयात्रीको वृद्धिका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी क्षेत्रको ऐतिहासिक विकासक्रम हेर्न नेपाल भ्रमण गर्नुपर्ने बताए ।

कार्यक्रममा बरिष्ठ गायक प्रेमध्ज प्रधानले आफ्ना कालजयी गीतहरु सुनाउँदै नेपाल भ्रमणको आग्रह गरे । सो अवसरमा म्यानचेष्टर आसपासका क्षेत्रका सांसद, कुटनीति नियोगका प्रमुखहरु, मेयर, काउन्सिलर, पर्यटन व्यवसायी लगायतको सहभागी रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment