Comments Add Comment

डा. खनालको पहलमा पाँचथरका दुई विद्यालयमा अक्षयकोष स्थापना

फिदिम । अमेरिकाको फ्लोरिडास्थित तम्पा विश्वविद्यालयका सहप्राध्यापक डा. नेत्र खनालको अगुवाइमा पाँचथरको लुम्फाबुङ्ग मावि लुम्फाबुङ्ग र सिद्धदेवी मावि नवमीडाँडामा अक्षय कोष स्थापना गरिएको छ । डा. नेत्र खनाल र उनका साथीहरुले दुवै विद्यालयमा डेढ-डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

दिवंगत गुरुहरु तेजमान आङ्गदेम्बे र देवी प्रसाद खनालको नाममा अक्षयकोष स्थापना गरिएको र त्यसबाट आउने ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति दिइने डा. खनालले जानकारी दिए ।

‘आफू अति गरिब परिवारबाट हुर्किएको कारण गरिब तथा जेहेन्दार विद्यार्थीहरु शैक्षिक अवसरबाट बन्चित नहोउन् भनि यो कोषको स्थापना गरिएको हो,’ डा. खनालले भने ।

भाषाविद तेजमान आङ्गदेम्बे र देवी प्रसाद खनालको निधनपछि डा. खनाल र उनकी पत्नी जानुकाले एक वर्ष अघिदेखि यो अभियानको नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment