Comments Add Comment

२ लाख ७५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

बाराको महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनका क्रममा बरै २ लाख ७५ हजार घुससहित पक्राउ परेका हुन् । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले घुस मागेका थिए ।

यसबारे उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट गएको टोलीले वडाध्यक्ष बरै र मसहर बैठालाई पक्राउ गरेको छ । उनीहरुलाई कलैया नगरपालिका ७ मा रहेको दुर्गा माविको हातबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment