+
+
Shares

मिलान रातोलाई एनआरएन कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १४:१६

बार्सिलोना। साबिक बिजेता नेपाली मितेरीमञ्च मिलान (रातो)ले एनआरएनए कप न्टरसिटी फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार मिलानमा सम्पन्न फाइनल खेलमा कोलेकियो नेपाली परिवार पारमालाई १०-२ को फराकिलो गोल अन्तरले पराजित गर्दै  मितेरी मञ्च (रातो)ले ट्रफी उचालेको हो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीको आयोजनामा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा ६ वटा टोलीहरुले भाग लिएका थिए।

नेपाली समाज पिसा र नेपाली समाज रोमले प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भए।

बिजेता तथा उपबिजेतालाई नगद शिल्ड, मेडल र प्रमाणपत्रसहित  पुरस्कृत गरिएको संघका महासचिव छबीलाल कंडेलले जानकारी थिए ।

बिजेताटिमका खेलाडी अनिल पाण्डे सर्वोत्कृष्ट खेलाडी बने। नेपाली समाज पिसाका खेलाडी राज चौलागाईले १५ गोलगर्दै सर्बाधिक गोलकर्ताको उपाधि जिते भने पारमाका मनित शेरबुजा उत्कृष्ट गोलकिपर बने।

एनआरएनए इटालीका अध्यक्ष दिपेशकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास स्वीट्जरल्याण्डका उपनियोग प्रमुख तीर्थराज वाग्ले सहभागि थिए। उनले खेलाडीहरुलाई पुरस्कृत गर्दै नेपाली समुदायबीच खेलकुदका यस्ता गतिबिधिहरु हुनु प्रशंसनीय भएको बताए ।

नेपाल मितेरीमञ्चको सहयोगमा एनआरएनए इटालीले गत वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?