+
+
Shares

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १६:१९

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र स्टाइलिस देखिएका छन् । साम्राज्ञी र पुष्पको रोमान्टिक मात्र होइन, कुटिल अवतार पनि तस्वीरमा देख्न सकिन्छ । चलचित्र ‘मंगलम र दाल भात तरकारी’मा काम गरेपछि उदाएका नायक पुष्प खड्का यो चलचित्रलाई महत्वकांक्षी प्रोजेक्ट मान्छन् । उनी, यो चलचित्रले आफ्नो करिअरलाई नै फरक पार्ने र आफूले चलचित्रका लागि मिहिनेत गरेको बताउँछन् ।

पुष्पले यो चलचित्रका लागि जीम धाएका छन्, क्यारेक्टरमा आफूलाई ढाल्नका लागि सक्दो मिहिनेत गरेका छन् ।

तस्वीरः कुबेर डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?