+
+
Shares

बिरामीलाई निजी अस्पतालमा लैजान खोज्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १८:३४

२० जेठ, जनकपुरधाम । सरकारी अस्पताल आसपास निजी क्षेत्रका क्लिनिक र अस्पतालहरुले बिरामी ल्याउने दलाल खटाउने गरेको पाइएको छ ।

सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई बिभिन्न मानसिक दवाव दिएर निजीमा लैजान जनकपुरमा यस्ता दलालहरु सकि्रय भएको पाइएको हो ।

प्रहरीले सोमबार मात्रै यस्ता दुईजना दलाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका-११ घर भइ जनकपुर बस्ने २५ वर्षीय संजय कामती र जनकपुर १० बस्ने ३५ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका दुबैजनाले जनकपुर अञ्चल अस्पताल क्षेत्रमा उपचारका लागि आउने बिरामीहरु तथा बिरामीका आफन्तहरुलाई बीच बाटोमै छेकेर जबरजस्ती निजी अस्पताल र क्लिनिकमा लैजाने गरेको प्रहरीले बताएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?