+
+

निजगढ विमानस्थललाई १ अर्ब ५० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १२:४६

२१ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ ।

रुख कटान विवाद नटुंगिएको र स्रोत तथा निर्माणको मोडोलिटी नै तय गर्न नसकेको सरकारले यस आयोजनालाई अपेक्षाकृत न्यून बजेट विनियोजन गरेको हो ।

यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । तर पूर्वतयारीका धेरै काम बाँकी छन् । खासगरी मन्त्रिपरिष्दले रुख कटान आदेश पारित गरिसकेपछि पनि ‘साइट क्लियरेन्स’ गर्न कम्तीमा दुई वर्ष लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको छैन । २०५० सालताका नै चर्चा शुरु भएको यो आयोजनालाई नेतृत्वले कागजमा प्राथमिकता दिए पनि कार्यान्वयनमा भने उदासिन देखिदै आएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले चालु आवमा १ अर्ब ४३ करोड बजेट छुट्याएको छ । अघिल्लो आव २०७४÷७५ मा १ अर्ब २ करोड छुट्याइएको थियो । यो रकम कर्मचारी व्यवस्थापन, मुआब्जा वितरण तथा सामान्य प्रशासनिक कामकाजमै खर्च हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?