Comments Add Comment

डेलले चोटको कारण गुमाए विश्वकप, हेन्ड्रिक्सले पाए मौका

Photo Credit : आईसीसी

२१ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका भरपर्दा बलर डेल स्टेयनले विश्वकप क्रिकेट गुमाएको छ ।

इंल्यान्ड र वेल्समा संयुक्त रुपमा जारी विश्वकप क्रिकेटको उद्घाटन खेल मात्रै गुमाउने भनिएपनि दक्षिण अफ्रिकाले दुई खेल खेलिसक्दा पनि उनको चोट पूर्ण रुपमा निको नहुदा विश्वकपबाटै डेल आउट भएका हुन् । उनको स्थानमा बेउरन हेन्ड्रिक्सलाई टिममा बोलाइएको छ ।

विश्वकपका लागि आईसीसी इभेन्ट टेक्निकल कमिटीले पनि हेन्डि्रक्सको नाम स्वीकृत गरिसकेको छ ।

इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको दौरानमा उनको काँधमा चोट लागेको थियो । ३५ वर्षीय डेल यही विश्वकप खेलेर विदाई लिने तरखरमा थिए । तर घाइते डेल विश्वकपबाट बाहिरिएसँगै उनको इच्छा पनि समाप्त भएको छ ।

दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा भोलि ३ बजेर १५ मिनेटमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको दुबै खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाको जारी विश्वकपमा यो तेस्रो खेल हो । यता, भारतको भने यो पहिलो खेल हो । दुबै टिम जित हात पार्ने दाउँमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment