Comments Add Comment

होटल अन्नपुर्णमा चित्रकला प्रदर्शनी

२१ जेठ, काठमाडौं । होटल अन्नपुर्णले विश्व बातावरण दिवश २०१९ को उपलक्ष्यमा होटलमा कार्यरत कामदार/कर्मचारीहरुका बालबालिकाहरुका लागि चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।

बाल चित्रकला प्रदर्शनीको आयोजना बिगत सन् २००० देखि नै नियमित रुपमा आयोजना गरिँदै आएको छ I यस्ता किसिमका कार्यक्रमहरु आयोजनागर्नाले बाल-बालिकाहरुले आफूले देखेको र सिकेका कुराहरुलाई सकारात्मक रुपमा लिई सचेत भइ विश्व बातावरण प्रदुषण रोक्न सघाएको छ I

कार्यक्रममा मिस नेपाल २०१९ का बिजेता पाँचै जनाको उपस्थिति एबम् श्रृजना कलेज अफ फाइन आर्टका २ जना निर्णायक टोलि बाट कार्यक्रम प्रथम, द्वितीय र तृतीयको घोषणा गरिएको थियो

कार्यक्रममा तीन उमेर समूहका बाल बच्चाहरु अर्थात् ५ बर्षदेखि ८ बर्ष समूह, ९ बर्ष देखि १२ बर्ष समूह एबम १३ बर्ष देखि १६ बर्ष समूह का ४१ जना बालबालिका हरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment