Comments Add Comment

इदुल्ल फित्रमा राष्ट्रपतिको शुभकामना

२२ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बीको महान चाड इदुल्ल फित्रका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

भण्डारीले बुधबार एक शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इदुल्ल फित्रको महत्त्वपूर्ण भूमिका रहने बताएकी छन् ।

इदुल्ल फित्र मुस्लिम समुदायको ठूलो पर्व हो । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment