+
+
Shares

विश्वकप क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ब्याटिङमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १५:२१

२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेको छ ।

टस जितेको दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको हो । दक्षिण अफ्रिकाले पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । त्यसकारणले दक्षिण अफ्रिकाले आजको खेलमा जित हात पार्नै पर्ने अवस्थामा छ ।

यता, भारतको भने जारी विश्वकपमा यो पहिलो खेल हो । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै विश्वकपमा राम्रो उपस्थिति जनाउने लक्ष्यमा भारत छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?