Comments Add Comment

गुल्मीको नगर बाल उद्यानमा ३०० बिरुवा रोपियो

२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा रहेको नगर बाल उद्यान पार्कमा बिरुवा रोपिएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा रहेको नगर बाल उद्यान पार्कमा रेसुङ्गा नगरपालिका र जिल्ला युवा समितिको आयोजनामा बृक्षारोपण तथा सरफाइ गरिएको हो ।

नगर बाल उद्यान पार्कमा तेजपत्ता, बेवदार, धुपीलगायतका झण्डै ३ सय बढी बिरुवा रोपिएको जिल्ला युवा समिति गुल्मीकी कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले बताइन् ।

वृक्षारोपणका लागि नगर बाल उद्यान पार्कमा पुगेका बिभिन्न कार्यालय प्रमुख, सुरक्षा निकाय र बिद्यार्थी, स्थानीयले पार्क वरिपरि सरसफाइसमेत गरेका थिए ।

बिभिन्न कार्यक्रम गरेर बुधबार ‘स्वच्छ वायू, स्वथ्य जीवन’ भन्ने नाराका साथ ४५ औं विश्व वातावरण दिवस मनाइएको हो । नगर बाल उद्यान पार्कमा रोपिएका बिरुवाहरु डिभिजन बन कार्यालय गुल्मीले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment