+
+
Shares

हिन्दूराष्ट्रका लागि छिट्टै सडकमा आउँछौं : राणा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १८:५१

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सडक संघर्षमा उत्रिने बताएका छन् ।

बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले हिन्दु राष्ट्र बनाउने वाचा गरिसकेकाले यसको लागि सम्पूर्ण शक्ति सडक संघर्षमा लगाउने बताए ।

‘नेपाललाई विदेशीको इशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं’ उनले भने ।

उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे । राणाले थपे,‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।’

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’

राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?