Comments Add Comment

‘भारत’का वितरकलाई दिपकको ब्यङ्ग्य–‘दर्शक कहाँबाट ल्याउने ?’

नेपालमा बुधबार नै ‘भारत’ रिलिजका लागि यसका वितरकले दौडधुप देखेर अहिले नेपाली चलचित्रकर्मी अचम्मित छन् । नेपाली चलचित्रका लागि यस्तो मिहिनेत वितरकले गरिदिने हो भने नेपाली चलचित्र क्षेत्रले राहतको श्वास फेर्न पाउथ्यो । तर, एउटा नेपाली चलचित्रसँग अर्को चलचित्र जुधाएर गर्व गर्ने नेपाली वितरकहरु हिन्दी चलचित्रका लागि अदालतसम्म पुगछन् र विजयको स्तुती गाउँछन् ।

अदालतको आदेशबाट बुधबार रिलिज संभव भएको बलिउड चलचित्र ‘भारत’को वर्ड अफ माउथ भने कमजोर छ । चलचित्रलाई भारतका केही समिक्षले राम्रो रेटिङ दिएपनि दर्शकले तारिफ गरेका छैनन् । यसको प्रत्यक्ष असर बक्स अफिसमा पर्ने देखिएको छ ।

यसैविच, सामाजिक संजालमा स्टाटस लेखेर चर्चामा आउने कलाकार दिपकराज गिरीले ‘भारत’का वितरक र यो चलचित्र बुधबार नै चलाउन पाउँदा खुशी भएका हल संचालकलाई ब्यङ्ग्य कसेका छन् । दिपकले स्टाटसमा लेखेका छन्–‘अदालतको आदेशले, हलहरुको कृपाले, वितरकहरुको तिकडमले फिल्मले हल त कब्जा गर्ला, तर दर्शक कहाँबाट ल्याउने ?’

कमजोर दर्शक प्रतिक्रियाका कारण बिहिबारदेखि नै ‘भारत’को अकुपेन्सी घटेको छ । दिपकले सबै कुरामा राजनीति गर्न सकिएतापनि दर्शकको रोजाइमा राजनीति गर्न नसकिने भन्दै ब्यङ्ग्य कसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment