Comments Add Comment

‘घर’को डरलाग्दो ट्रेलर

अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक गरिएको ट्रेलरमा एउटा घरको कथा देखाइएको छ । डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रको ट्रेलर हेर्दा डर लाग्छ । ‘घर’को ट्रेलर हरर जनराको छ । नेपालमा हरर जनरामा राम्रो चलचित्र नबनिरहेको अवस्थामा यो ट्रेलरले भने उत्सुकता जगाएको छ ।

चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा घरमा बसेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ । यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment