Comments Add Comment

परमिताको आवाजमा ‘क्विन’ रिलिज, फिल्मको स्क्रिप्ट पनि लेख्दै

नायिका परमिता आर एल राणाको आवाजमा ‘क्विन’ नामक गीत सार्वजनिक भएको छ । नेपाली र अंग्रेजी शब्दमा परमिताले गाएको यो गीतले आम महिलाहरुलाई प्रतिनिधित्व गरेको छ । सिकेको सम्पादन र निर्देशन रहेको यो गीतको भिडियोलाई आकर्षक बनाइएको छ । पिरोको यो गीतमा शब्द तथा संगीत छ ।

भिडियोमा परमिता आफैले मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा इन्ता चाम्लिङ, दिक्षा चौधरी, स्टार तामाङ, सुस्मिता लामाको नृत्य हेर्न सकिन्छ । नायिका परमिता आर एल राणाले यो गीतले सुन्दरताले मात्र मानिस रानी नहुने भन्दै मनदेखि नै सफा हुनु पनि ‘क्विन’ हुने बताइन् । महिलाहरुलाई उत्प्रेरणा दिन यो गीतले मद्दत गर्ने उनको विश्वास छ ।

स्क्रिप्ट लेख्दै छु
यसैविच, नायिका परमिता आर एल राणाले आफूले स्क्रिप्ट लेखिरहेको बताइन् । आफूले २ बर्षदेखि चलचित्रका लागि कथा लेखिरहेको उनले सुनाइन् । उनका अनुसार, यो स्क्रिप्टमा चलचित्र बनाउन केही गाह्रो छ । किनभने, यो स्क्रिप्टले धेरै सेटहरुको माग गर्छ ।

परमिताले आफूलाई लेख्न खुबै मनपर्ने सुनाइन् । नायिका, गायिकापछि दर्शकले आफूलाई स्क्रिप्ट राइटरको रुपमा पनि हेर्न पाउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment