Comments Add Comment

तस्वीरमा हेर्नुस् कैलालीमा आएको हुरीको बितण्डा

बिहीबार साँझको हावाहुरीले कैलालीमा ताण्डव मच्चाएको छ । हुरीले मानिसको ज्यान लिनुको साथै भौतिक संरचनाहरुमा क्षति पुर्याउँदा जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, अहिलेसम्म २ जनाको ज्यान गएको छ । गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरीको ज्यान गएको हो ।

जिल्लाभरमा करिब ८० घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको छ भने बाँकीको अहिले धनगढीलगायत अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले सहरी क्षेत्रका भौतिक संरचनामा सबैभन्दा बढी क्षति पुगेको प्रहरी भनाइ छ । खासगरी टीकापुर, गोदावरीलगायत क्षेत्रका कच्ची घरका छानाहरु उडाएका छन् । हुरीले छाना उडाएपछि कष्टप्रद ढंगले रात बिताएको गुनासो पीडितहरुले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हुरीले घरमा पुगेको क्षतिको विस्तृत विवरण आइसकेको छैन । लगत संकलनको काम अहिले भइरहेको छ ।

हुरीले बिजुलीका पोल तथा रुखहरु भाँचेको छ । सरकारी अधिकारीका अनुसार, ४ सयभन्दा बढी बिजुलीका पोल भाँचिएको छ । हुरीले रुखसमेत उत्तिकै मात्रामा ढालेको प्रहरी भनाइ छ ।

हुरीले कैलालीमा जस्तै कञ्चनपुरमा पनि क्षति पुगेको छ । यद्यपि, यो जिल्लामा भने मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment