+
+

इन्स्पेक्टर हुँ भन्दै सर्वसाधारण कुट्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते ११:५२

२४ जेठ, काठमाडौं । नेपाल प्रहरीको निरीक्षक भएको बताउँदै सर्वसाधारण कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोका २० वर्षीय सौगात लुइँटेल छन् ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले उनलाई पेप्सिकोलाबाट पक्राउ गरेको हो । बाटो हिँड्दै गरेका बलबहादुर सार्कीलाई प्रहरीको निरीक्षक भएको बताएर लुइँटेल र आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउने योहुना घले मगरले कुटपिट गरेका थिए ।

वृत्तका प्रमुख गोविन्दराज काफ्लेका अनुसार उनीहरुले चेकजाँच गर्ने बहानामा हातपात गरेको उजुरी परेको छ । त्यसक्रममा सार्कीको साथमा रहेको मोबाइल पनि हराएको उजुरीमा उल्लेख गरिएको छ ।

लुइँटेलसँगै रहेर आफूलाई सईको परिचय दिने मगर भने अझै फरार छन् । उनको खोजी भइरहेको डीएसपी काफ्लेले बताए ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?