Comments Add Comment

त्रिन्दाजीको बयान : सम्बन्ध राख्न चाहन्थे तर, नेयमारले बलात्कार गर्‍यो

काठमाडौं । ब्रालियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाएकी महिलाले टेलिभिजनमा आएकी छन् र १५  मेमा पेरिसको होटलमा भएको भनिएको घटनाबारे बेलिबिस्तार लगाएका छिन् ।

नाजिला त्रिन्दाजी ब्राजिलकै हुन् । उनले शुक्रबार नेयमारविरुद्ध साउ पाओलो प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।

नेयमारले भने आरोप खण्डन गरेका छन् । साथै आफूलाई निर्दोष प्रमाणित गर्न ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गरेका छन् ।

त्यसको जवाफ दिन त्रिन्दाजीले टेलिभिजनलाई अन्तर्वार्ता नै दिएकी छन् । एसबीटी ब्राजिललाई दिएको अन्तर्वार्तामा उनले आफू नेयमारप्रति आकर्षित भएको र यौन सम्बन्ध राख्ने इच्छाले पेरिस पुगेको स्वीकार गरेकी छन् ।

नेयमारकै खर्चमा आफू पेरिस पुगेको उनले बताइन् । तर, भेटमा नेयमार म्यासेजमा कुरा गरे भन्दा भिन्न पाएको उनले बताइन् ।

उनकाअनुसार उनी सहमतिमै यौनसम्पर्क राख्न तयार भएकी थिइन् र नेयमारलाई कण्डम प्रयोग गर्न आग्रह गरेकी थिइन् । तर, नेइमारले कण्डम प्रयो गर्न अस्वीकार गरेको र आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

उक्त घटना कुटपिट वा बलात्कार के थियो भन्ने प्रश्नमा त्रिन्दाजीले भनिन्, ‘त्यो कुटपिट र बलात्कार दुबै थियो ।’

यो घटनालाई लिएर एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ, होटलका कोठाको उक्त फुटेजमा त्रिन्दाजी र नेयमारबीच विवाद भएको देखिन्छ ।

खाटमा बसिरहेकी महिलाले पुरुषलाई थप्पड हान्छिन् र भन्छिन्, ‘म तिमीलाई कुट्न गइरहेको छु किनभने तिमीले मलाई हिजो पिटेका थियौं ।’ त्रिन्दाजीका अनुसार उनले नेयमारलाई दोस्रो पटक पनि भेटेकी थिइन् ।

नेयमारले के भने ?

टीभी अन्तर्वार्ताबारे नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर, उनका बुवा नेयमार डस सान्तोषले होटलको कोठामा खिचिएको भिडियो बनावटी भएको र यसले नै आफ्नो छोरालाई निर्दोष प्रमाणित गर्ने बताएका छन् ।

यसअघि नेयमारको व्यवस्थापकले वक्तव्य निकाल्दै आरोपको खण्डन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment