+
+
Shares

प्रियंका र पल ब्युटी पार्लरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १७:४४

अहिले अभिनेता/अभिनेत्री म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । प्रियंकाकार्की, पल शाह त चलचित्रमा भन्दा बढी म्युजिक भिडियोमै छाएका छन् । यसैको सिलसिला हो, ब्युटी पार्लर ।

रोमान्टिक शैलीको यो गीतमा पल शाह र प्रियंका कार्की नाचेका छन् । म्युजिक भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । उनी आफै पनि गाउँछन् । यसअघि माछीले खाने खोलीको लेउ, तिमीलाई देखेपछि जस्ता चर्चित गीतमा ओलीको स्वर सुन्न सकिन्छ । यसपाली भने उनी निर्देशकको भूमिकामा अगाडि आएका छन् ।

यो गीतलाई मेलिना राई र ध्रुब बिस्कोकोले गाएका हुन् । भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् । भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?