Comments Add Comment

घाइते भए नुवान, विश्वकप गुमाउने डर

२६ जेठ, काठमाडौं । श्रीलंकाका फास्ट बलर नुवान प्रदीप अभ्यासका क्रममा घाइते भएका छन् । उनको हातमा चोट लागेका कारण विश्वकपका बाँकी खेल खेल्नेमा शंका छ ।

उनी आइतबार कुशल परेरालाई नेटमा बलिङ गरिरहेका थिए । परेराले हानेको बल प्रदीपको टाउकोमा आयो । उनले बचाउका लागि दायाँ हातलाई अनुहारमा राखे । बलले उनको औलामा लागेको छ ।

उनलाई तत्काल अस्पताल लगिएको छ । यदि उनले विश्वकप गुमाएमा श्रीलंकाका लागि ठूलो झड्का हुनेछ । किनकी श्रीलंकाले जितेको एक मात्र खेलमा उनले ३१ रन दिएर चार विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment