+
+
Shares

मैत्रीपूर्ण खेलमा जापानको जित

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १९:३९

२६ जेठ, काठमाडौं । मैत्रीपूर्ण खेलमा घरेलु टोली जापानले एल साल्भाडोरलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

आइतबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले एल साल्भाडोरलाई सहजरुपमा पराजित गरेको हो । जापानको जितमा केन्सुके नगिइ नायक बने । उनकै दुई गोलमा जापानले एल साल्भाडोरमाथि जित निकालेको हो ।

खेलको १९औं मिनेटमा उनले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुवाती समयमै गोल गरेका नगिइले खेलको ४१औं मिनेटमा अर्को गोल गर्न सफल भए । उनकै गोलमा जापानले पहिलो हाफमा २–० गोलको अग्रता बनायो ।

पहिलो हाफमा नै दोब्बर गोलको अग्रता बनाएको जापानले दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै एल साल्भाडोरलाई रोकेको थियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?