+
+
Shares

विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई गेल, होपलगायतको भर, दक्षिण अफ्रिकालाई डरै डर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते ७:४०

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाको प्रदर्शन कस्तो होला ? किनभने दक्षिण अफ्रिकाले यसअघिका तीनै खेलमा हार ब्यहोरी सकेको छ ।

पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनको फराकिलो अन्तरले हार ब्यहोरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो । एकपछि अर्को खेलमा पराजित हुने क्रममा दक्षिण अफ्रिका भारतविरुद्धको खेलमा ६ विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाको यो चौथो खेल हो । आफ्नो चौथो खेलमा विष्ट इन्डिजलाई पराजित गर्दै पहिलो जितको खोजीमा दक्षिण अफ्रिका हुनेछ । दक्षिण अफ्रिकाका लागि यो महत्त्वपूर्ण खेल पनि हो । विश्वकपको अगाडिको यात्रालाई कायमै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नै पर्ने हुन्छ ।

यता, दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रिँदा वेष्ट इन्डिज स्पष्ट जित हात पार्ने दाउमा हुनेछ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने विश्वविजेता अष्ट्रेलियासँग १५ रनको हार ब्यहोरेको थियो । वेष्ट इन्डिजको यो तेस्रो खेल हो ।

तुलनात्मक रुपमा यो विश्वकपमा कमजोर देखिएको दक्षिण अफ्रिका र बलियो उपस्थिति जनाएको वेष्ट इन्डिजबीचको नतिजा के होला ? दक्षिण अफ्रिकालाई वेष्ट इन्डिजको ब्याटिङकै चिन्ता छ । किनभने वेष्ट इन्डिजमा सबै खेलाडी ठूलो स्कोर बनाउन सक्ने खेलाडी छन् ।

विशेषगरी क्रिस गेल, शाई होप, ज्यासन होल्डर र एन्ड्रे रसेलसँग दक्षिण अफ्रिका सजक हुन चाहन्छ ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?