Comments Add Comment

दिपकको गीतमा साम्राज्ञी र पुष्पको डान्स

भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् ।

चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।
यो गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । साथै, सय बढी कोरसलाई क्लबमा नचाइएको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीतले बजारमा राम्रो चर्चा पाएको खण्डमा चलचित्रको व्यापारलाई ठूलो फाइदा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment