+
+
Shares

धर्म प्रचारकको टोपी लगाएर सरकार संस्कृतिमाथि प्रहार गर्दैछ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते ११:५७
Photo Credit : अनलाइनखबर फाइल

२७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि धर्म प्रचारकको टोपी लगाएर पुरातन धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाएको छ । साथै गुठी विधेयकको विरोधमा गुठियारहरुले आइतबार माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले बरबरतापूर्वक आक्रमण गरेको भन्दै उसले भत्र्सना गरेको छ ।

संसदको सोमबारको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘लोकतान्त्रिक पद्धितीको खिल्ली उडाएर आम नागरिकमाथि लाठी प्रहार गरिन्छ भने त्यसको घोर भत्र्सना गर्छौं ।’ घटनाको छानविन गरी धरपकड तथा आक्रमण गर्नेहरुलाई कारबाही गर्न उनले माग गरे ।

उनले गुठी विधेयकको पनि विरोध गरे । ‘उकातिर धर्म संस्कृतिको रक्षाको कुरा छ, अर्कातिर धर्म निरपेक्षताको कुरा छ’ खाँडले भने, ‘स्वयंम सरकार आफैंले राज्य कोषबाट ठूलो धनराशी खर्च गरेर होली वाइन छर्किँदै हिड्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यसबापत धर्म प्रचारक विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिएको बताए । उनले भने, ‘धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दैछ । यो आपत्तिजनक छ ।’

संविधान विपरित विधेयकहरु बारम्बार सदनमा प्रवेश गराउने खोजिएको भन्दै कांग्रेस प्रमुख सचेतक खाँडले सरकार नै संविधान उल्लंघनमा लाग्नु आपत्तिजनक भएको बताए । संविधानले दिएको अधिकार कुन्ठित गर्न गरी मिडिया काउन्सिल, मानवअधिकार आयोगसम्बन्धी विधेयक आएको भन्दै उनले गुठी विधेयकमा पनि आपत्ति जनाए ।

साथै आम नागरिकले शान्तिपूर्णक भेला हुन पाउने कि नपाउले भन्ने प्रश्न गरे । उनले भने, ‘आम नागरिकले शान्तिपूर्वक भेला हुन पाउने कि नपाउने ? टुँडिखेलमा जम्मा होउ भने सरकारले बेचिसकेको छ । भेला हुने अवस्था रहेन । अब माइतीघर, रत्नपार्कमा जम्मा नभए कहाँ हुने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?