+
+
Shares

‘८३’मा रणवीरकी पत्नी दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते ११:३६

बलिउड नायक रणवीर सिंह चलचित्र ‘८३’को तयारीमा छन् । यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् । चलचित्रको छायांकन अहिले लण्डनमा भैरहेको छ । यो चलचित्रमा नायक रणवीर सिंहकी पत्नीको भूमिकामा खेल्ने नायिकाको बिषयमा फाइनल गरिएको थिएन ।

तर, अब भने नायिका दीपिका पादुकोणले चलचित्रमा नायक रणवीर सिंहको पत्नीको भूमिकामा काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, चलचित्रका लागि दीपिका फाइनल भएकी छिन् र उनी लण्डन पुगिसकेकी छिन् ।

रणवीर र दीपिकाले केही समय अगाडि बिहे गरेका थिए । रियल लाइफ जोडीलाई पर्दामा हेर्न पाउँदा दर्शक खुशी छन् । दीपिका अभिनित चलचित्र ‘छपक’को छायांकन पनि अहिले भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?