+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

पुनर्निर्माणमा भारतले दियो १ अर्ब ६० करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते १२:४९

२७ जेठ, काठमाडाैं । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए ।

भारतले पहिलो किस्तावापत २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

नेपालका लागि भारतका राजदुत सिंहले भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?