
विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराउँदा कप्तान विराट कोहलीले मन पनि जितेका छन् ।
भारतको जितमा निर्णायक पारी शिखर धवनको रह्यो । कोहलीले ८२ रन बनाउँदा धवनले ११७ रनको शतकीय पारी खेलेका थिए । तर खास कारण कोहलीको प्रशंसा भयो ।
भारतीय पारीका क्रममा केही भारतीय समर्थकले दर्शक सीमामा फिल्डिङ गरिरहेका अष्ट्रेलियाका स्टिभ स्मिथलाई चिढ्याउन खोजे । त्यसबेला कोहली क्रिजमा थिए ।
जब उनले स्मिथलाई जिस्क्याएको थाहा पाए, उनले ताली बजाएर सम्मान गर्न अपील गरे ।
आईसीसीले समेत कोहलीले देखाएको खेल भावनाको प्रशंसा गर्दै फुटेज ट्वीट गरेको छ ।
उसो त स्मिथले त्यसबेला नै कोहलीलाई धन्यवाद दिएका थिए । जब उनीहरु एकअर्का नजिक पुगे, स्मिथले हाँस्दै धाप मारे र खेल भावनाका लागि धन्यवाद दिए ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा कोहीले भारतीय समर्थकहरुले खराब उदाहरण दिन नहुने बताए । ‘उनी केबल क्रिकेट खेलिरहेका छन् ।
उनी त्यहाँ उभिरहेका थिए । यदि मैले पनि यस्तो परिस्थितिको सामना गर्नु परेको भरु नराम्रो लाग्थ्यो । उनलाई पहिले पनि यस्तो भएको थियो । जुन ठीक होइन ।’
प्रतिक्रिया 4