Comments Add Comment

कार्तिकको लोभलाग्दो क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ ।

अहिले कार्तिक नायिका साराअली खानसँग जोडी बाधेर चलचित्र ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा काम गरिरहँदा आर्यनलाई चलचित्रको अफर पनि धेरै आइरहेको छ । उनलाई आफ्नो चलचित्रको ‘हिरो’ बनाउन जो कोही पनि लालयित छन् ।

कार्तिकले ‘पती, पत्नी और ओ’को रिमेकमा काम गर्दैछन् । उनको जोडी बनेर अनन्या पाण्डे र भूमि पेडनेकर देखिनेछन् । चलचित्रलाई मुदस्सर अजिजले निर्देशन गर्नेछन् । यस्तैमा, कार्तिकले पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘भुल भुलैया २’मा काम गर्ने खबर पनि बाहिरिएको छ । यो चलचित्रका लागि कार्तिक पनि सकारात्मक छन् । तर, निर्माण टिम र कार्तिक बीच लिखित सम्झौता भने भइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment