Comments Add Comment

संसद भवन निर्माणको ढिलाइप्रति सभामुख महराको असन्तुष्टि

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय संसद भवन निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सभामुख महराले एक वर्षअघि सरकारले सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माणका लागि बजेट विनियोजन गरेपनि त्यसको निर्माण कार्य अझै अघि बढन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रक्रियामा हुन जाने ढिलाईलाई अन्त्य नगर्ने हो भने नेपालको विकास, निर्माण कार्यले गति लिन नसक्ने सभामुख महराको भनाइ छ ।

सभामुख महराले प्रक्रियामा हुने ढिलाइका कारण नै नेपालमा विदेशी लगानी भित्र्याउन समस्या भइरहेको पनि स्पष्ट पारे ।

सभामुख महराले बजेट कार्यान्वयनका लागि पनि कानुनी जटिलता देखिएको उल्लेख गर्दै त्यसलाई हटाएर अघि बढन सरकारको ध्यानाकर्षण गराए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment