Comments Add Comment

स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न सांसदको माग

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कांग्रेस सांसद तारादेवी भट्टले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेकी छन् ।

राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टले यस कार्यक्रमको कार्यविधि विवादमा रहेको र सांसदलाई बजेट दिने सिको प्रदेशमा पनि हुने भएकाले कार्यक्रम नै खारेज गर्नुपर्ने बतएकी हुन् ।

‘यसको कार्यान्वयन र खर्च गर्ने शैलीमा सर्वत्र विरोध मात्रै भइरहेको छ’, उनले थपिन्, ‘मेरै जिल्लामा पनि यो रकम कसरी खर्च भएको भन्ने केही जानकारी पाइँदैन् । यसरी जानकारी नै नगराई कार्य गर्नु भन्दा यो कार्यक्रम नै खारेज होस भन्ने माग गर्दछु । यसको कार्यविधि पनि विवाद छ । यसको सिको प्रदेशमा पनि हुने देखिन्छ ।’

सरकारले स्थानीय पुर्वाधार विकास कार्यक्रमको रकममा चार करोडबाट बृद्धि गर्दै छ करोड पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment