+
+
Shares

रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रचना रिमालको जहाज जर्मनीमा आकस्मिक अवतरण भयो। उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन्।
  • उनी क्यानडाबाट भारत हुँदै नेपाल फर्कदै गर्दा जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो।
  • यस घटनाले यात्रुहरुको सुरक्षालाई लिएर चासो बढाएको छ।

काठमाडौं । गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् ।

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो ।

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मंगलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।’

केही बेरमा पुनः भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?