
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरूलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरे।
- उनले रंगशाला र छायांकन स्टुडियोको निर्माणको घोषणा गर्दै कलाकार र फिल्म उद्योगलाई प्रोत्साहन गरे।
- प्रधानमन्त्रीले धुर्मुस सुन्तलीको रंगशाला र नयाँ इन्डोर स्टुडियोको विकासको चर्चा गरे।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सरकारी निवास बालुवाटारमा कलाकारमाझ सुनिए । ‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले फिल्म, संगीत र कलाकारबारे चर्चा गरे ।
उनले मन्तव्यको क्रममा रेलको प्रसंग निकाले । उनले रेलबारे कुरा गर्दा कलाकार दीर्घाबाट हाँसो गुञ्जियो । नेपालको लागि रेल नयाँ कुरा नभएको बताउँदै उनले आफूले गरेको काम किन नदेख्ने भन्दै कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरे ।
दार्जिलिङको रेलबारे धेरै गीत लेखिएको बताउँदै उनले जनकपुरको रेलबारे पनि गीत लेख्न आग्रह गरे । ‘हामी आफूले गरेको काम किन नदेख्ने’ उनले भने, ‘अब जनकपुरको रेलबारे पनि गीत लेख्नुहोस् ।’
उनले धुर्मुस सुन्तलीको पनि प्रसंग निकाल्दै सुरुमा आफूले रंगशाला नबनाऊ नानीबाबु भनेको तर नमानेको बताए । तर, धुर्मुस सुन्तली रंगशाला बन्ने र धुर्मुस सुन्तलीले दुःखबाट मुक्त पाउने उनले बताए ।
सो अवसरमा प्रधानमन्त्रीले काभ्रेको बनेपा नगरपालिका १० र १३ मा बन्न लागेको अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण सुरु भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4