Comments Add Comment

पाँच करोड ठगी गरेको आरोपमा अस्पताल सञ्चालक पक्राउ

२७ जेठ, वीरगञ्ज । विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीले गरेको छ ।

बाराको कलैया नगरपालिका-१३ घर भइ वीरगञ्ज महानगरपालिका-२ बस्ने सर्राफले वीरगंजको छपकैयामा एसिया मेडिकेयर हस्पिटल सञ्चालन गर्दै आएका थिए ।

पर्सागढी नगरपालिका-६ बस्ने राकेशकुमार यादवसमेतको जाहेरीका आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीविरुद्ध बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुरजले अस्पतालका लागि विभिन्न पार्टी तथा एजेन्सीसँग लिएको सर्जिकलका मेशिन, अस्पतालका सामान तथा ल्याबका अन्य मेशिनको भुक्तानीसमेत नदिएको गुनासो आइरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

त्यसैगरि गाडी सोरुम, सुनचाँदी पसल बैंक तथा वित्तिय संस्थाका मानिसको जाहेरी प्रहरीमा परेको छ । एनआईसी एसिया बैंकबाट मात्रै उनले २ करोड ३० लाख ऋण लिएर नतिरेको तथ्य बाहिर आएको छ ।

त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका-१० बस्ने नितेश सर्राफलाई पनि पक्राउ गरेको छ । सिरहाको साविकको विद्यानगर गाविस-१ घर भइ वीरगञ्ज ३ बस्ने रामकेवल मण्डलको १० लाख ठगेको आरोपमा उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment