Comments Add Comment

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….

२७ जेठ, काठमाडौं । ‘क्रिकेट एक आनन्दित खेल हो.. । साँचो यो हो कि मैले कहिले अभ्यासमा पनि ६ छक्का हानेको थिइन । सबैले मलाई धेरै माया दियो । टाउँकोमा राख्यो काँधमा बोक्यो ।’

‘सधैँभरी प्रदर्शन राम्रो नहुदा सवाल पनि उठायो । नाम राम्रो गर्दा सबैको साथ हुन्छ तर जब चोट लाग्छ तब दुःख पत्ता लाग्छ’ युवराजले भनेका छन् ।

युवराज सिंहले सोमबार आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिए । उनी यस्ता खेलाडी थिए, जसको क्रिकेट करिअरमा एक होइन, धेरै समस्या र भोगाईहरु आइपर्‍यो ।

युवराज सिंहले नयाँ दिल्लीमा कार्यक्रम गर्दै सन्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकप भारतले जित्दा प्लेयर अफ द टुर्नामेन्ट घोाषित भएका युवराज पछिल्लो समयमा टिम बाहिर थिए । विश्वकप २०१९ खेलेर सन्यास लिने तयारीमा रहेको युवराज टिममा परेका थिएनन् ।

सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध उनले लाष्ट टी–२० क्रिकेट खेल खेलेका थिए । त्यसयता उनी टिममा पर्न असफल हुदै आएका थिए ।

उनले भारतीय टिमबाट ३०४ एकदिवसीय खेलमा ८ हजार ७०१ रन बनाएका छन् । उनले आफ्नो एकदिवसीय करिअरमा १४ शतक र ५२ अर्शतक बनाएका छन् । त्यस्तै, ५८ टी–२० क्रिकेट खेलमा एक हजार १७७ रन बनाउँदा ८ अर्धशतक बनाएका छन् । यता, टेष्ट क्रिकेटमा युवराजले ४० खेलबाट एक हजार ९०० रन बनाउँदा तीन शतक र ११ अर्धशतक बनाएका छन् ।

उनी आक्रमक ब्याट्सम्यान र शानदार फिल्डर थिए । क्रिकेटमा एउटा चर्चित नाम बनाएपछि उनी क्यान्सर जस्तो डरलाग्यो रोगको सिकार बने । तर फेरि क्यान्सरलाई पनि जित्दै क्रिकेट करिअरलाई अगाडि बढाएका उनी एक महान ब्यक्ति हुन् । जब उनले आफ्नो क्रिकेट करिअरलाई पूर्णविराम लगाए उनको यादगार यात्राको बारेमा नजर लाउनु स्वभाविक लाग्छ ।

यी पाँच पारी जसले सचिन तेन्दुलकर, विरेन्द्र सेहवाग, सौरभ गांगुली जस्ता विस्फोटक नामले परिचित भारतीय टिममा युवराज सिंह सबै भन्दा विष्फोटक ब्याट्सम्यानको नामले परिचित बने ।

सन् २००० मा आईसीसी नकआउट ट्रफीमा अष्ट्रेलियाविरुद्ध युवराज सिंहले ८४ रन बनाए । त्यसबेला उनी १८ वर्षका युवा खेलाडी थिए ।

पहिलो अन्तर्राष्ट्रिय खेल त्यो पनि ग्लेन मैकग्राम जस्ता विश्वचर्चित बलरको सामना गर्दा युवराजलाई कस्तो महशुस भएको थियो होला ? त्यसबेला उनले व्यक्तिगत ४५ रन बनाउँदा जीवनदान पाए ।

त्यसपछि विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाए । उनकै उच्च रनमा भारतले अष्ट्रेलियाविरुद्ध २६५ रन बनाएको थियो । त्यो बेला यो स्कोर उच्च नै मानिन्थ्यो । यसपछि फिल्डिङमा पनि उनले आफ्नो कमाल नै देखायो । उनले इयोन हार्वेको क्याच लिए भने एक अष्ट्रेलियन खेलाडीलाई रन आउट गरे । यो खेलमा भारत हार्‍यो तर, भारतलाई लामो रेसका आक्रमक खेलाडी मिल्यो ।

युवराज त्यस्ता खेलाडी हुन् जसले भारतलाई हारबाट पटक पटक बचाएको छ । सन् २००२ मा इंग्ल्यान्डविरुद्धको जितमा होस या २००४ मा अष्ट्रेलियाविरुद्ध बनाएको १३९ रन । उनको खेलजीवनमा हात पारेका सबै सफलताहरु हुन् ।

सन् २०११ मा भारतले विश्वकप क्रिकेटको उपाधि जित्दा युवराज मुख्य खेलाडी थिए । त्यो पल युवराजको लागि सबैभन्दा यादगार छन् ।

युवराजका पिता जोगराज युवराज क्रिकेट खेलाडी भएको हेर्न चाहन्थे । र युवराजका पिताले उनलाई सानोमा क्रिकेटको लागि कुट्न समेत परेको थियो ।

युवराजले आफ्नो आत्मकथा ‘द टेष्ट अफ माई लाइफ’ मा उल्लेख गरेका छन्, ‘जब म ११ वर्षको थिए । मैले यू–१४ स्टेट टुर्नामेन्ट मे स्पीड स्केटिङ स्पर्धामा गोल्ड मेड जितेको थिए । त्यो दिन बेलुकी मेरा पिता पुरै रिसमा हुनुहुन्थ्यो । पिताले मबाट मेडल खोसेर भन्नुभयो कि केटीहरुले खेल्ने खेल बन्द गर ।’

सिद्धुले गरेका थिए फेल

युवराजको क्रिकेट प्रतिभा चिन्नका लागि उनको बाबुले उनलाई पटियालामा लगेका थिए । जहाँ नवजोत सिंह सिद्धुको अगाडि उनले आफ्नो क्रिकेट कौशल देखाउनु पर्ने थियो ।

युवराज आफ्नो आत्मकथा ‘द टेष्ट अफ माई लाइफ’ मा उल्लेख गरेका छन्, जब महारानी क्लब पटियालामा सिद्धु मेरो मुल्याङ्कन गरिरहेका थिए तब मलाई सजिलो थिएन । म त्यस्तो किसिमको बच्चा थिए आफ्नो तरिकाले सर्ट खेल्ने गर्थे । तर मैले यो बुझिरहेको थिइनँ की मेरो लेग स्टम्प कहाँ छ ? १३ सालको उमेरमा १३ वर्षकै बच्चा जस्तो थिएँ । १३ सालका सचिन तेन्दुलकर जस्तो थिइनँ ।’

सिद्धुले युवराजलाई अयोग्य ठहराएपछि उनी पटियालाबाट चन्डिगढ फर्किए । उनको बाबुले उनलाई तिब्रगतिका बलर र अलराउण्डर बनाउन चाहन्थे । उनको बाबुले उनलाई १९९३ मा विशनसिंह बेदीको दिल्ली स्थित एकेडेमीमा भर्ना गरिदिए । उनको क्रिकेट करिअर त्यहीबाट सुरु भयो ।

छक्का भयो प्रतिबन्ध

हिमाञ्चल प्रदेशमा विश्वकै सबैभन्दा उच्च स्थानमा क्रिकेट रंगशाला छ । यो समुन्द्र सतहदेखि २ हजार ४४४ मिटरको उचाइमा पहाडको काखमा पर्छ ।

युवराजले शतक जब हाने, विशन सिंह बेदीले ब्याट्सम्यानको लागि नयाँ नियम नै लगाउनु प¥यो । युवराज आत्मकथामा लेख्छन्, ‘१०० रन पुरा गरेपछि मैले दुई छक्का प्रहार गरेसँगै विशन सिंह बेदीले क्याम्पमा नयाँ नियम लागू गर्नु भयो । उहाँले भन्नु भयो कि अबदेखि जसले छक्का हान्छ, त्यो आउट हुन्छ । कारण थियो कि छक्का हानेको बल निकै तल पहाडको फेदमा पुग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment