+
इंग्लिस प्रिमियर लिग :

टोटनहाम र युनाइटेडको रोमाञ्चक बराबरी

२०८२ कात्तिक  २२ गते २१:१० २०८२ कात्तिक २२ गते २१:१०
टोटनहाम र युनाइटेडको रोमाञ्चक बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडबीच २-२ को बराबरी खेल भएको छ।
  • खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले युनाइटेडलाई अग्रता दिलाएका थिए।
  • इन्जुरी समयमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेडले हारबाट जोगिएको छ।

२२ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो । खेलको अन्त्यतिर टोटनहामले बराबरी गोल फर्काएर अग्रता पनि लिएपछि युनाइटेडले अन्तिममा फेरि बराबरी गरेको हो ।

खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । अधिकांश समय अग्रता नै कायम राखेको युनाइटेडले अन्त्यतिर लय गुमायो ।

८४औं मिनेटमा म्याथिस तेलले टोटनहामका लागि बराबरी गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाए ।

इन्जुरी समयको छैटौं मिनेटमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेड हारबाट जोगियो

इंग्लिस प्रिमियर लिग टोटनहाम म्यान्चेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय