Comments Add Comment

जोरपाटीको आन्दोलन थली सर्‍यो, युवाको प्रदर्शनले सवारी आवागमन ठप्प

Photo Credit : निश्चल नेपाल । सडक निर्माणमा बिलम्व भएको भन्दै प्रदर्शनमा उत्रिएका थलीका स्थानीय युवा ।

२८ जेठ, काठमाडौं । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरुविरुद्ध अहिले प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सवारी चल्न रोकेका छन् । युवाहरुको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएकाे छ ।

थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।
तस्वीर सौजन्य: निश्चल नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment