Comments Add Comment

भारतलाई ठूलो झड्का, धवन तीन सातासम्म मैदान बाहिर रहने

२८ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमका भरपर्दा खेलाडी शिखर धवन करिब तीन साता मैदान बाहिर रहने भएको छ ।

भारत र अष्ट्रेलियाबीचको खेलमा हातको बुढी औलामा चोट लागेपछि धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने द टाइम्स अफ इन्डियाले जनाएको छ । धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो । सोमबार उनको हातको बुढी औलाको स्क्यान गरिएको थियो । भारतीय क्रिकेट टिमले मंगलबार धवन करिब तीन सातासम्ममा मैदान बाहिर रहने जानकारी दिएको द टाइम्स अफ इन्डियाले लेखेको छ ।

विश्वकपमा धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानका अर्को खेलाडीलाई परिवर्तन गर्न सक्ने सम्भावना पनि रहेको छ । यदी परिवर्तन भएमा श्रेयस ऐयर र रिषव पन्तमध्ये एक खेलाडीले विश्वकपमा स्थान बनाउने छन् भने धवन विश्वकपबाटै बाहिरिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment