
Photo Credit : विकाश श्रेष्ठ/अनलाइनखबर
२८ जेठ, काठमाडौं । काठमाडौंको शंखमुलमा रहेको शानदार मःमः पसलमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा रामकृष्ण बुढाथोकी छन् । विष्फोटपछि आगो निभाउने क्रममा बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको हो ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनको कीर्तिपुर मोडल अस्पतालमा उपचार भइरहेको छ ।
काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानले ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको देखिएको छ । उक्त पसल टेकनारायण र हिरानायण श्रेष्ठले सञ्चालन गरेका थिए ।
आगलागीबाट करिब २५ लाखको क्षति भएको अनुमान गरिएको छ । थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4