Comments Add Comment

तैमुरका कारण सैफको फेरियो दैनिकी

बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । अहिले पनि सैफको क्रेज राम्रो छ । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउनेछन् ।

यस्तैमा, सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा दिएको अन्तरवार्तामा उनले यो कुरा बोलेका हुन् । उनले भने–‘मलाई ८ बजेपछि काम गर्न मन लाग्दैन । किनभने ८ बजे भन्दा पछाडि म घर गएभने मेरो छोरा सुतिसकेको हुन्छ । उसले मसँग घुलमिल हुने समय नै पाउँदैन् । त्यो मलाई राम्रो लाग्दैन ।’

सैफअली आफूले अभिभावकको महत्व बुझेको बताउँछन् । उनले थपे–‘मेरो बाबा क्रिकेटर हुनुहुन्छ । आमा कलाकार । उहाँहरुसँग मलाई दिने समय नै हुन्न थियो । त्यो बेला मैले महशुस गरेको कुरा हो कि बच्चाले सानो उमेरमा धेरै नै अविभावकको साथ माग्छ ।’

उनले आफू छोराको खुशीमै आफ्नो खुशी रहेको बताएका छन् । सैफअली खानकी श्रीमती तथा नायिका करिना कपुर पनि ढिलो समयसम्म काम गर्न रुचाउँदिनन् । उनले केही समय अगाडि भनेकी थिइन्–‘मलाई ढिला समयसम्म काम गर्न मन पर्दैन, किनभने घरमा मेरो छोराले मलाई कुरिरहेको हुन्छ ।’ सैफअली र करिना दुबै असल आमा(बुबा बन्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment