Comments Add Comment

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

३० जेठ, काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको भन्दै अब पनि संशोधन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका उनले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको जिकिर गरे ।

अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले अहिलेसम्म सरकारमै रहेको प्रष्ट्याएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमतिपछि आफू नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको उनको भनाइ छ ।

सोही सहमति कार्यान्वयन गरेर अघि बढ्दा देश र जनताको हित हुने अध्यक्ष यादवले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment