Comments Add Comment

नेप्से परिसूचक करिब ३ अंकले घट्यो, होटल बाहेक सबै उपसमूह राताम्मे

३० जेठ, काठमाडौं । सेयर बजारमा करिब ३ अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार बजार २ दशमलव ९२ अंकले ओरालो लागेको हो ।

नेप्से परिसूचकसँगै बुधबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । बिहीबार ६ हजार ५ सय ४८ कारोबारबाट १४ लाख २३ हजार ६ सय ८७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४५ करोड ६५ लाख ६ हजार ९ सय ४५ रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार ५० करोड भन्दा माथिको सेयर कारोबार भएको थियो ।

बिहीबार होटल उपसमूहबाहेक सबै क्षेत्रका लगानीकर्ताहरुले गुमाएका छन् । होटल भने ४.१९ अंकले बढेको छ । कारोबार रकमका आधारमा सगरमाथा इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment