
काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ ।
च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका प्रत्येक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन-१० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ ।
लिभरपुलका च्याम्पियन्स लिग टिमका सबै सदस्य, प्रशिक्षक र अफिसियलका लागि २८ वटा फोन तयार भएको छ ।
त्यसमा उनीहरुको नामका साथै जर्सी नम्बर पनि उल्लेख छ ।
लिभरपुलले यो सिजन टोटनहृयामलाई २-० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ६ पटकको च्याम्पियन लिभरपुलले पछिल्लो पटक सन् २००४-०५ मा च्याम्पियन्स लिग जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4