Comments Add Comment

तीनकुने पुल निर्माणमा पप्पुको बदमासी, कारवाही गर्न संसदीय समितिको निर्देशन

३१ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएकाे पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।

निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारवाही गर्न निर्देशन दिएको छ ।

यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

पप्पु  बदनाम निर्माण कम्पनी हो । उसले कैयन निर्माणको ठेक्का लिएर ओगट्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment