Comments Add Comment

आमिरको चलचित्रमा करिना हिरोइन

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् ।

उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । यो चलचित्रमा आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । हाल यो चलचित्रको प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक चलचित्र हो ।

अहिले यो चलचित्रमा नायिका करिना कपुर खान अनुबन्धित भएको समाचारले बलिउड मिडियामा राम्रो स्थान पाइरहेको छ । बलिउड मिडियाका अनुसार चलचित्रमा करिना आमिर खानको जोडी बन्दैछिन् । यो विषयमा करिना र निर्माणपक्षले भने कुनै औपचारिक जानकारी दिएको छैन ।

तर, निर्माणपक्ष र करिनाविच भने चलचित्रको विषयलाई लिएर धेरै पटक छलफल भइसकेको छ । करिना पनि चलचित्रलाई लिएर सकारात्मक देखिएकी छिन् । राम्रो विषयबस्तु र राम्रो टिम पाएका कारण पनि करिन यस चलचित्रमा काम गर्न उत्साहित छिन् । स्रोतका अनुसार उनीहरु बीच छिट्टै लिखित सम्झौता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment