+
+

धवन चाँडै फर्किने छन्- कप्तान विराट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १७:४३

३१ जेठ, काठमाडौं । चोटकै कारण करिब तीन साता मैदान बाहिर रहने भारतीय क्रिकेट टिमका महत्वपूर्ण सदस्य शिखर धवन छिट्टै निको हुने र टिममा फर्किने कप्तान विराट कोहलीले बताएका छन् ।

अष्ट्रेलियाविरुद्ध भारतले ३६ रनको जित हात पार्दा धवनले शतकसहित ११७ रन बनाएका थिए । अष्ट्रेलियाका बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

करिब तीन सातासम्म मैदान बाहिरै रहने भनिए पनि कप्तान विराट कोहलीले भने धवन टिममा छिट्टै फर्किने बताएका छन् । उनले भने, ‘धवनको हातमा दुई सातासम्म प्लास्टर हुनेछ । उनको अवस्था के हुन्छ । त्यसपछि हामी निर्णय गर्नेछौं ।

कप्तान विराटले थपे, ‘हामीलाई आशा छ उनको चोट चाँडै निको हुनेछ । लिग खेलमै उनी खेल्न सक्ने हुनेछन् ।’

धवन ठिक नभए उनको स्थानमा रिषभ पन्तले ठाउँ पाउने छन् । रिषभ यसअघि नै इंग्ल्यान्ड पुगिसकेका छन् । तर उनी भारतीय क्रिकेट टिममा भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?