Comments Add Comment

पाकिस्तानविरुद्ध धेरै भावुक हुन सक्दैनौंः कप्तान विराट

काठमाडौं । विश्वकप क्रिकेटको बहुप्रतिक्षीय मध्येको एक खेल आज म्यानचेष्टरमा हुँदैछ । पाकिस्तान र भारतबीच हुने प्रतिस्पर्धा जहिल्यै यस्तै हुन्छ । भारत र पाकिस्तानका नागरिकहरु यस्ता देशलाई देशप्रेमसँग जोड्न पनि पछि पर्दैन ।

तर भारतीय कप्तान विराट कोहलीले भने खेलका क्रममा देखिन माहोलमा खेलाडीहरु भावुक हुन नहुने बताएका छन् । उनले भने, ‘म समर्थकलाई कुनै सल्लाह दिन चाहँदिन कि उनीहरुले खेललाई कुन तरिकाले लिन्नुपर्छ । तर, हामी भने खेलको दौरानमा धेरै भावुक या उत्साहित हुन सक्दैनौं । पूरा ध्यान खेलमा हुनेछ ।’

लयमा देखिएको भारतले सुरुवाती दुई खेल जितेको छ । दक्षिण अफ्रिकालाई पहिलो खेलमा पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियामाथि जित हात पारेको थियो ।

तर यहाँ भारतलाई डर पनि छ, कतै पाकिस्तानसँग पराजित हुने त होइन ? किनकी उसले उत्कृष्ट मानिएको इंग्ल्याण्डमाथि शानदार जित हात पारेको छ ।

पाकिस्तानी टिममा धेरै क्षमतावान खेलाडी रहेको भन्दै भारतीय कप्तान कोहलीले भने, ‘हामीले दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छौं । हामी त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा केन्द्रित छौं । हामीले राम्रो खेल्यौ भने कुनै पनि टिमले हराउन सक्दैन । यदि राम्रो खेलेनौं भने कुनै पनि टिमले हराउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment