Comments Add Comment

विराटले जसरी खेल जिताउन चाहन्छु: बाबर आजम

१ असार, काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले भारतीय कप्तान विराट कोहलीले जसरी खेल जिताउन चाहेको बताएका छन् ।

भारत र पाकिस्तानबीचको खेल आज दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यान्चेस्टरमा सुरु हुँदैछ ।

चार वर्षयता निरन्तर पाकिस्तानी टिममा रहेका उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटसहित गरी करिब चार हजार बढी रन बनाएका छन् । जुन २०१६ देखि एकदिवसीय क्रिकेटको बरियतामा बढी रन बनाउने खेलाडीमा उनी पाचौं स्थानमा छन् । यो सूचीमा विराट र इंग्ल्यान्डका जोइ रुट पनि छन् ।

२४ वर्षीय बाबरले भन, ‘विभिन्न परिस्थितिमा विराटले गरेको ब्याटिङ र उनले खेल्ने तरिकाको नजिकबाट हेर्ने गरेको छु । विराटले उनको टिमलाई जिताउने अहम क्षमता राख्छ । म पनि यही खुशी हाशिल गर्नु चाहन्छु ।’

भारतीय टिममा राम्रा बलर छन् तर, आफुहरुले राम्रो ब्याटिङ गरे रोक्न नसक्ने बाबरको दाबी छ । उनी भन्छन्, ‘यो कुरामा शंका छैन कि भारतसँग राम्रा बलर छन् । तर हामीले इंग्ल्यान्डविरुद्ध राम्रो खेलेका थियौं र इंग्ल्यान्डको पनि उत्कृष्ट बलिङ थियो । त्यसैले हामीलाई विश्वास छ कि भारतका तीव्र गतिका बलरको सामना राम्रो तरिकाले गर्नेछौं ।’

सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई पाकिस्तानले १८० रनले पराजित गर्दै उपाधि उचालेको थियो । त्यही बेलाका अधिकांश खेलाडी अहिलेको टिममा छन् । बाबरलाई यो विश्वास छ कि त्यस्तै प्रदर्शन गर्न अहिले पनि पाकिस्तानी खेलाडी तयार छन् ।

उनले अघि थपे, ‘च्याम्पियन्स ट्रफिमा भारतलाई पराजित गर्दै उपाधि जितेपछि हामीमा आत्वविश्वास बढेको छ । यो खेलमा पनि हामी त्यस्तै प्रदर्शन गर्नेछौं । किनकी भारतको टिम लगभग त्यही टिम हो । जुन टिमलाई हामीले हराएका थियौं । हामी सबै यो खेलको लागि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment