+
+
Shares

ज्वाइँहरु बेइमान परेछन् !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते १२:४१

१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले जनता-जनता भिडाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

गुठी विधेयकलाई लिएर आन्दोलन भइरहेका बेला सत्तारुढ सांसदहरुले किसानहरु पक्षमा भन्ने तर्क गरेपछि सांसद थापाले त्यसको प्रतिवाद गरे । सरकारले गुठी भनेको जग्गा र सम्पत्ति मात्र बुझेको भन्दै उने भने, ‘गुठी जग्गा होइन, सम्पत्ति हुँदै होइन । इतिहास हो, सभ्यता हो । रैथाने सभ्यताको परिचायक हो ।’

उपत्यका बाहिरका केही गुठीमा समस्या रहेको स्वीकार गर्दै उनले यसबारे बसेर छलफल गर्न सकिने बताए । तर, त्यसका लागि पनि विधेयक फिर्ता लिनुपर्ने बताए ।

यदि यो विधेयक जस्तोको तस्तै पास भए किसानले नभई आसपासले पाउने भन्दै उनले भने, ‘बुटवलको सुकुम्बासीले बालुवाटारको जग्गा पाउला किसानले केही पाउँदैन’ उनले भनेका छन् ।’

गुठी भनेको सामान्तवादी सोच हो भनेर हेय गर्ने हो भने मुठभेड तिर जाने भन्दै उनले सरकारले सचेत गराए । प्रधानमन्त्री युरोप भ्रमणबाट फर्किएपछि विधेयक सच्याउछौं भनेको सुनेको भन्दै उनले भने, उहाँले सोध्नुभयो, काठमाडौंमा मानिसहरु के भनिरहेका छन् । केही साथीहरुले ‘भाजुला बेइमान खनी’ ज्वाइँहरु बेइमान परेछन् भनेर भनेपछि ओहो म सच्याउँछु ।’

विधेयक सच्याउँदाप्रधानमन्त्री र मन्त्रीको नाक नजाने उनले बताए । यदि यो विधेयक जस्तोको तस्तै पास गर्ने हो भने मठ मन्दिर मास्ने रआन्दोलन दबाउने कोष स्थापना गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?