+
+
Shares

नविल बैंकले फूलका स्तम्भ जडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते १९:४८

१ असार, काठमाडौं । नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सौन्दर्यकरण सम्झौता भएको छ ।

सम्झौता अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक ‘आइल्याण्ड’हरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गरिने छ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे,मिस्ट प्रवाहित गरी बर्षै भरी फूललाई हरियालीयुक्त बनाउन महानगरपालिका तथा बैंकको सहकार्य रहने बैंकले जनाएको छ।

काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्यले बैंकसँगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको बताए।

बैंकले ७९ शाखा, १३३ वटा एटिएम र १५०० भन्दा बढी नविल रेमिट एजेन्ट मार्फत  बैंकिङ कारोबार गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?